अभियानका अब ७ दिन मात्र बाकी

आज अग्रेजी महिनाको डिसेम्बर २३ यो बर्ष सकिन जम्मा ७ दिन मात्र बाँकी रहेका छन् । मिति र दिन नजिकिदै गर्दा दैलेख जिल्लालाई खुलादिसामुक्त जिल्ला घोषणा गर्ने दिन अर्थात एउटा महिलाले शिसु जन्माउँदा अन्तिम दिनहरुमा जति धेरै कष्ट र पिडा बढ्दै जान्छ त्यही भएको छ दैलेख जिल्लाको खुलादिसामुक्त अभियान । अभियान आफैमा निकै राम्रो बिषय पनि हो र यो अभियानमा सवैले आ – आफ्नो क्षेत्रबाट साथ र सहयोग गर्नुपर्ने देखिएको छ ।
धमाका दैनिक पत्रिकाले पनि विभिन्न बिषयहरुको टिका टिप्पणी सहित अभियानलाई साथ दिएको छ । कतिपय बेलामा राम्रा सन्देशहरु प्रवाह गरेको छ त कतिपय समयमा    सुधारात्मक कुराहरु संकेतको रुपमा प्रस्तुत गरेको छ । अभियान सम्पन्न गर्नु सवैको सामु चुनौती देखिएपनि जसरी तसरी अभियान सम्पन्न गर्नुपर्ने पनि चुनौती छ ।
दुवैखाले चुनौतीको बीचबाट बिचार र बिमर्श गर्दै दिनरात खटेका अभियानकर्ताहरुले त्यतीवेला सम्मान पाउनेछन् जतिवेला डिसेम्वर ३१ का दिन छोरो पाएझै गरि अभियान सम्पन्न गर्नेछन् ।
अभियानमा लामो समयदेखि समय खर्च गरेका अभियानकर्ता कमल खड्काले भनेको यो भनाईले पक्कै पनि डिसेम्बर ३१ मा छोरो पाउने अर्थात अभियान सम्पन्न गर्ने हौसला अँझै सवैमा प्रदान होस् । धमाका दैनिकले गरेको अभियानको दिनगन्ति बिचमै खेर नजाओस् सम्वन्धित सवैलाई हामी यही शुभकामना दिन चाहान्छौं । दैलेखलाई खुलादिसाुमक्त जिल्ला घोषणा गरेर जिल्लाको नाम, गौरव र इज्जत जोगाउनका लागि अँझै धेरै दिन बाँकी छन् ३ घण्टाभित्र धेरै काम गर्न सकिने ग्लोवल भिलेजमा ७ दिनको समय भनेको समुन्द्र पार गरेर फर्कने समय हो त्यसैले सबैले अभियानमा साथ दिदै “हाम्रो दैलेख र राम्रो दैलेखको परिचय दिऔं ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार